पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको १८ औ साधारण सभा र ९ औ अधिवेशन भब्यरुपमा सम्पन्न

पिके सोलुखुम्बु टाप्टिङ्ग समाज सेवा काठमाडौंको १८ औ साधारण सभा र अधिवेशन रोयाल तिनचुली बैङ्क्वेट तीनचुली काठमाडौमा अध्यक्ष श्री ङावाङ फुरी ज्यु को सभापतित्तोमा प्रमुख अथिती सोलुदुधकुण्ड न. पा. का प्रमुख नाम्गेल जाङबु शेर्पा ज्युको आथित्यमा विषेश अथिती,अथिती ज्युहरु, बि भिन्न सङ्ग संस्थाका प्रतिनिधि ज्युहरु, सस्थाका सल्हाकार सदस्य ज्युहरु, पत्रकार ज्युहरु र समपुर्ण सदश्य ज्युहरुको उपस्थितिमा भब्यरुपमा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका महासचिवले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त वार्षिक प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदनका साथ साथै अन्य विभिन्न विषय र भावी कार्ययोजनाहरुको बारेमा व्यापक छलफल गरी सर्वसम्मतले पारित गरेको छ। सभामा उपस्थित अतिथिहरुले राख्नु भएको मन्तव्य र छलफलको क्रममा संस्थाले हालसम्म गरेका विभिन्न सामाजिक कार्यहरु र प्रगतिको बारेमा लामो चर्चा गर्दै प्रशंसा समेत गर्नु भएको थियो भने भावी दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन र अझ संस्थाले गर्ने सामाजिक कार्यको दायरा फराकिलो बनाउन सल्लाह सुझाव समेत दिनु भयो।

सस्थाको महासचिबले पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको पहलमा, सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टिङसँग समन्वय गरी, सोलुदुधकुण्ड नगरपालिका वडा न. १० मा अवस्थित पर्यटकीय क्षेत्र, पिके डाँडा ट्रेकिङ जाने बाटोमा पर्ने फोक्टेडाँडा देखि सम्सिङ्ग भञ्ज्याङसम्मको बौद्धमार्गीहरुको धार्मिक तथा ऐतिहासिक सम्पदाको रुपमा रहेको साना–ठुला १६ वटा माने पर्खालहरु मध्ये यो अर्थिक वर्षमा बाँकी रहेको ११ वटा माने पर्खालको जीर्णोद्धार तथा मर्मत सम्भार आयोजना सम्पन्न गर्न टाप्टिङ बसी हाल देश विदेश बस्नु हुने स्थानीयहरु, अन्य क्षेत्रका धेरै मनकारी ब्याक्तित्वहरु, स्थानिय संघ सस्थाहरु सिशाखोला तामाङ समाज, ढिकुरे युवा समाज, नेपाल मगर बुद्ध सेवा समाज टाप्टिङ र साथै माने पुनः निर्माण उपभोत्त समूह मार्फत सोलुधुदकुण्ड न. पा. ले उपलाब्दा गराएको रु ५००,००० अर्थिक सहयोग संकलन भएको जानकारी गराउनुको साथै बाँकी रहेको मानेहरुको मानेहरुको पुनः निर्माण तथा मर्मत सम्भार समपन्न भएको जानकारी गराउनु भो।

यो गएको अर्थिक वर्षमा सस्थाको नीति आनुसार बिपन्न परिवार र अर्थिक हिसाबले महंगो उपचार जुटाउन कठिन भएको सस्थाका सदस्यहरु र सदस्यको परिवारलाई सस्थाबाट र अरु ब्याक्तित्तोहरुबाट अर्थिक सहयोग संकलन गरी, सहयोग प्राप्त गर्नेहरुमा सस्थाको पुर्व सचिब श्री लाक्पा सर्की शेर्पा ज्युको दिदी (एकल महिला/आमा) श्री दिकु शेर्पाको दुवै मृगौला फेल भएर मेडिकल कलेजमा उपचार गर्दै गर्दा खर्च अभाबले उपचारमा कठिनाई भएकोले उहाँ श्री दिकु शेर्पा ज्युलाई उपचारको लागी सस्थाबाट रु २०००० र अन्य ब्याक्तित्तोहरुबाट प्राप्त रु २४६७९० गरि जम्मा रु २८६७९० अर्थिक सहायोग गरेको छ भने सस्थाको सदश्य सोलुदुधकुण्ड-१० च्याङबा, हाल नयाँपाटी काठमाडौं बस्नु हुने श्री नुर्बु शेर्पा बिगत १ बर्ष देखि मुखको क्यासरबाट पिडित हुनुभएको र उहाँलाई उपचारको लागी सस्थाको तर्फबाट रु ४०००० सहायोग गर्नुको साथै मृगौला पिडित सोलुदुधकुण्ड नगरपालिका वडा न. १० खाम्दिङ निवासी वर्ष ३१ को श्री ङवाङ नुरी शेर्पा ज्योलाई रु २५००० अर्थिक सहयोग गरेको सम्पूर्ण जानकारी दिनु भयो।

सस्थाले नियमित गर्नु पर्ने कामहरु जस्तै सदस्यता नविकरण, नयाँ सदस्यहरु बनाउने, अर्थिक सङ्कालन गर्ने, सदस्य वा सदस्यहरुको परिवारको सदस्य बिरामी पर्दा दिनुपर्ने अर्थिक सहयोग वा खेल्नु पर्ने भूमिका निरन्तार जारी रहेको र सस्थाको नविकरण लगायत सम्पूर्ण डोकुमेण्टहरु अद्यावधिक गरिरहेको जानकारी गराउदै सस्थाको सम्पुर्ण सदश्य ज्युहरुलाई यो अर्थिक वर्ष २०८१/८२ मा स्तुपा अस्पतालमा हुने बि भिन्न परिक्षण तथा उपाचारहरुमा छुट गराउनको लागी अस्पताल र हाम्रो सस्था बिच सम्झौता भएको र यो अर्थिक वर्ष भारी सदश्य ज्युहरुले ओ. पी. डि. मा २५%, परिक्षणमा (बिरामी जाच) २५%, सर्जरी र अरु कार्यहरुमा १५% र बेड चार्जमा २५% छुट पाउन सक्नु हुने पनि जानकारी गराउनु भो।

सस्थाको पुरानो वेबसाईट, पुरानो भर्सनको भएको र त्यो अद्यावधिक गर्न कठिनाई भएको कारणले, अहिले नयाँ डाइनमिक वेबसाइट बनाइ सकेको र सबै जसो सस्थाको जानकारी र गदिबिदी समाबेस गरीसकेको छौ। अझै केही कुरा थप गर्न बाँकी रहेको र त्यो थप कुराहरु चाडै पुरा हुने जानकारी सबैजनालाई दिनु भो।

साधारण सभा र अधिवेशनको अत्यमा अध्यक्ष श्री ङावाङ फुरी शेर्पा ज्युले पुरानो कार्यसमिति विगठन भएको घोषण संगै श्री तुक्ती शेर्पा ज्युको संयोजकमा रहेको निर्वाचन समितिले श्री ङावाङ फुरी शेर्पा ज्यु कै अध्यक्षतामा आउने २ वर्षको लागी १५ जनाको नयाँ कार्यसमिति गठान गर्नुको साथै सन्तोस मगर ज्युको संयोजकमा ७ जनाको नयाँ सल्हाकार समिति गठन गरी साधारण सभा र अधिवेशन भव्यरुप सम्पन्न भएको छ।

नयाँ कार्यसमिति सदश्यहरु
१. अध्यक्ष: श्री ङावाङ फुरी शेर्पा
२. उप अध्यक्ष: श्री पासाङ शेर्पा
३. उप अध्यक्ष: श्री जम्बा शेर्पा
४. महासचिब: श्री ङिम्टी शेर्पा
५. सचिब: श्री जाङमु शेर्पा
६. कोष अध्यक्ष: श्री निमा गेल्जेन शेर्पा
७. महिला सदस्य: श्री ल्हामु शेर्पा
८. महिला सदस्य: श्री कान्छी माया शेर्पा
९. महिला सदस्य: श्री पासाङ गेल्मु शेर्पा
१०. महिला सदस्य: श्री फुर्वा शेर्पा
११. सदस्य: श्री ङवाङ पेम्बा शेर्पा
१२. सदस्य: श्री पासाङ शेर्पा
१३. सदस्य: श्री पासाङ शेर्पा
१४. सदस्य: श्री कामे शेर्पा
१५. सदस्य: श्री छेवाङ ङिमा शेर्पा

सल्हाकार समितिहरु
१. संयोजक: श्री सन्तोस मगर
२. सदस्य: श्री मिङमार छिरी शेर्पा
३. सदस्य: श्री दावा शेर्पा
४. सदस्य: श्री अम्बर बहादुर तामाङ
५. सदस्य: श्री छोकी शेर्पा
६. सदस्य: श्री मिङमार शेर्पा
७. सदस्य: श्री लाक्पा शेर्पा

सम्पुर्ण उपस्थित महानुभावहरुलाई आफ्नो बेस्त समयको बावजुत पनि कार्यक्रममा उपस्थित भै कार्यक्रम सफल पारीदिनु भएको सस्थाको
तर्फबाट सम्पुर्णलाई हार्दिक धन्यवाद भन्न चाहान्छौ।

 लेखक: अम्बर तामाङ (साइला)

Back to Main Page