हाम्रो बारेमा

पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा एक मुनाफा रहित संस्था हो। यो संस्था वि.सं. २०६३ सालमा स्थापना भई नेपाल सरकारको सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत रूपमा दर्ता भई हालसम्म सक्रिय रूपमा सोलुदुधकुण्ड न. पा. वडा न १० टाप्टिङका जनता र सोलुदुधकुण्ड न. पा. वडा न १० का विकासमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। आधुनिक समाजको विकास संगसंगै मानविय जीवन व्यस्त हुदै गइरहेको विषयमा थाहा भएकै कुरा हो । त्यसैले सामाजिक प्राणी भएको नाताले मानवीय सहयोग र सेवा गर्नु हामी सबैको दायित्व पनि हो । तसर्थ, व्यस्त जीवन शैलीको बाबजुद पनि समाज, छरछिमेक र गाउँलेहरूको हित हुने कार्य गर्नका लागि गठित एक विशुद्ध सामाजिक संस्था हो जसमा सोलुदुधकुण्ड न. पा. वडा न: १० टाप्टिङका व्यक्तिहरू जो काठमाण्डौमा आई विभिन्न पेशा अँगाली बसोबास गरिरहेको व्यक्तिहरूको एक साझा संस्था हो।

हाम्रो उद्देश्यहरु

  1. यो संस्था मुनाफारहित जनहितकारी सामाजिक संस्था हुनेछ ।
  2. ख. देशमा आइपर्ने कुनै पनि दैवी प्रकोपमा परि पिडित तथा असहाय व्यक्तिहरूलाई मानविय आधारमा आवश्यक सेवा प्रदान गर्न सम्पूर्ण समुदायलाई जागरूक गराई सेवाको भावना उत्पन्न गर्न ।
  3. सोलुखुम्बु टाप्टिङ गा.वि.स.का सम्पूर्ण समदायका कुनै पनि व्यक्ति काठमाण्डौमा आई बसोबास गरी आर्थिक विपन्नताले गर्दा औषधी उपचार गर्न नसक्ने भएमा सक्दो आर्थिक सहयोग जुटाई दिने र त्यस्तो व्यक्तिहरूको मृत्यु भएमा दाह संस्कारको आवश्यक प्रवन्ध गर्न सहयोग गर्न ।
  4. सम्पूर्ण गा.वि.स. बासीहरू मध्ये काठमाण्डौमा आई बसोबास गर्ने व्यक्तिहरू वौदिक विकासको निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्न मद्दत गर्न ।
  5. अन्य समाज सेवी र परोपकारी कार्यक्रमहरू गर्न ।
  6. विभिन्न संस्कृति र परम्परा र धर्म बारे खोज तथा अनुसन्धान गरी प्रचार प्रसार गर्न ।
  7. टाप्टिङ गा.वि.स.का स्थानीय बासिन्दाका छोरा छोरीहरू मध्ये कुनै पनि विद्यालयमा अध्ययन गरी सर्वोत्कृष्ट नतिजा ल्याउने मध्ये काठमाण्डौमा आई अध्यन गर्न चाहेमा केहीलाई कार्य समितिको निर्णय अनुसार छात्र छात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
  8. पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा एउटा सामाजिक एवं परोपकारी संस्था भएकोले यस सेवालाई कुनै पनि राजनैतिक थलोको रूपमा प्रयोग गर्न नदिने ।
  9. बाटो, सडक, पुल , खानेपानी, स्वास्थ्य , शिक्षा, विद्युत , संचार लगायत अन्य क्षेत्रमा विकास गर्न विभिन्न दातृ संस्था व्यक्ति वा सरकारी र स्थानीय निकायहरूसँग माग र समन्वय गरी विकासको लागि नेतृत्व गरिनेछ ।
  10. सोलुखुम्बु टाप्टिङ गा.वि.स. स्थानीय बासिन्दाहरू काठमाण्डौमा आई बसोबास गर्नेहरूलाई आवश्यकता अनुसार निजहरूले कुनै पनि निकायमा गर्नु पर्ने कामहरूका सम्बन्धमा सहयोग गर्नेछ ।
  11. सोलुखुम्बु टाप्टिङ गा.वि.स.को स्थानिय स्तरमा समाज सेवा, समाजको हितको लागि कार्य गर्ने व्यक्तिहरू दातृ संस्थाहरू र अन्यहरू र राष्ट्रिय गौरव बढाउन कार्य गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने र पुरस्कार प्रदान गरिनेछ ।

श्रोत – संस्थाको विधान अनुसार