पिके पिक ट्रेकिङ्ग प्रवद्र्धनअभियान २०१९

हाम्रो संस्थाले मिति२०७६ पुष ४ गते देखी १० गते सम्मआयोजना गरेको पिके पिक ट्रेकिङ्गप्रर्वद्धन अभियान २०१९ सफलतापूर्वक सम्पन्नगरियो । सो कार्यक्रमआयोजनाको क्रममाविभिन्न छलफल कार्यक्रमहरु संचालन गरीएको थियो । सबैजनाको सल्लाह सुझाव अनुसरण गर्दै २०७६ पुष ४ गते २९ जना सहभागीहरु काठमाण्डौबाट सोलुखुम्बुको धाप प्रस्थानगरियो ।

पैदलयात्राकार्यक्रम पुस ५ गते प्रदेश सभा सदस्यश्री बुद्धिकुमार राजभण्डारी ज्युको प्रमुखअथित्यमा धापबाट पैदलयात्रा सुरु गरि झाप्रे, ल्हमुजे डाँडाहँुन्दै पिकेपिक ४०६५ मिटरमापुष७गते सबै सहभागीहरु पुग्न सफलभएकाथयौ । बिहानीको सुर्योदय र रमणीय हिमसृङ्खालको दृश्यअबलोकनगरि, त्येहाँबाट जस्माने भञ्ज्याङ््, टाकटोर, जुनबेसी, थुप्तेनछ्योेलिङ्गगुम्बाहुँदै हाम्रो पद यात्रा सल्लेरीमा पुस ९गते साँझमा समापन समारोह सङ्ग सङ्गै अन्त्य गरीयो ।

समापन समारोहमाप्रदेश सभासदस्यश्री उत्तमकुमार बस्नेतज्यूको प्रमुखआथित्यमा र सोलुदुधकुण्ड न.पा.काउपमेयर कल्पना राईज्यू  सोलुदुधकुण्ड न. पा. वडा नः १० का वडा अध्यक्षमिङमारछिरी शेर्पाज्यू उपस्थितहुनुभएको थियो । त्यस अवसरमाप्रमुखअथितीलगायत सम्पूर्ण बक्ताहरुले पिके र पिके क्षेत्रको महत्व, सम्भावना र अवसरको बारेमाप्रकाशपार्नु भएको थियो । साथै त्यस क्षेत्रको संरक्षण, विकास र व्यावस्थापनको बारेमापनि कुरा उठाइएको थियो । पिके क्षेत्रलाई व्यावस्थितप्रमुखपर्यटकिय गन्तव्यबनाउनु पर्नेमा सबैले जोड दिएकाथियौँभने, सकेसम्म स्थनीयलाई फइदाहुने गरि पदमार्ग निर्माण गर्नु पर्ने, स्थानीयखानातथा पेय पदर्थको प्रवद्र्धन गर्नु पर्ने, भाषा, सस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नु पर्नेमापनि धेरैले कुरा उठाएका थिए ।

पिके सोलुखुम्बु टाप्टिङ्गसमाज सेवाकाअध्यक्षश्री दावा शेर्पाज्यूलगायत अरु पदाधिकारीहरुले यस पिकेपिक टे«किङ्गप्रमोसन क्याम्पियन २०१९ लाई पर्यटनबोर्ड, भिजिट नेपाल २०२० को सचिबालय टानलगाएतका संग संस्थाहरुले सक्रिय सहयोग नगरीदिएकोमागुनासो व्याक्त गरीयो । सो अवसरमापिके सोलुखुम्बु टाप्टिङ्गसमाज सेवाले गरेको यो कार्यक्रमले भविश्यामा पु¥याउने सकारात्मक असर र यो क्षेत्रमाहुने फाईदाको बारेमापनिनिकै चर्चा गरीएको थियो भने प्रवद्र्धन अभियानआयोजना गरेकोमासबैले प्रशंसा र धन्यवाद ज्ञापन गरीएको थियो ।

 लेखक: अम्बर तामाङ (साइला)

Back to Main Page