यस पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको १५ औ साधारण सभा यही मिति २०७८ -०५ -१९ गते शानिबार एसियन किचेन कपन काठमाडौंमा कार्यसमिति सदश्यहरु, सल्लहाकार ज्युहरु र सस्था भित्र केहि मानेजनहरुको बैठक बसी केहि महत्तोपुर्ण निर्णयहरु गरेको छन। कोरोना कहरको कारणले ठुलो भेला गर्न नसकिएको र यो सिमित सदश्यहरुको सानो भेला बोलाई वर्षिक साधारण सभा गर्ने कार्यसमिति निर्णय आनुसार सो भेला बोलाएको थियो भने सो बैठक जानकारी हाम्रो अफिसियल फेसबुक पेज मार्फत र फोन मार्फत सम्पुर्ण सस्थामा सदश्यहरुलाई गराउने निर्णय आनुसार जानकारी गराई सकेका छौ।
बैठकले गरेको निर्णयहरु
१. सस्था नविकरण गर्ने
२. सस्थाको वार्षिक लेख परीक्ष र वार्षिक प्रतिबेदन अनुमोदन गरिएको छ
३. सस्थाको पुरानो छाप (चिन्ह) लाई परिवर्तन गर्ने निर्णय भएको छ
४. सस्थाको बिधानको दफाहरू संशोधन गर्नु पर्ने देखिएकोले सो दफाहरू संशोधन गर्ने निर्णय भएको छ।
५. अर्थिक वर्ष २०७८/७९ को लागि लेख परीक्षक नितुक्ति गर्ने निर्णय भएको छ
६. कार्यसमितिले आपत्कालिन कोष स्थापन गर्ने निर्णयलाई अनुमोदन गरेको छ
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal