संस्थाले आफ्नो सदस्यहरु र अन्य टाप्टिङका स्थानीय अस्वस्थ भएको वा विरामी भई अस्पताल भर्ना भै अर्थिक अभाबको
कारण उपाचारमा कठिनता आएको अवस्थामा पुगेका विपन्न परिवार तथा विरामीलाई औषधी र उपचारको लागि सहयोग
स्वरुप अर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । सरकारले यस्तो अवस्थामा पुगेको व्यक्तिलाई चाहेजति सहयोग गर्न
नसकेको अवस्था वा सरकारी तवरबाट उपलब्ध हुनसक्ने सहयोगको प्रक्रिया लामो हुने कुरालाई ध्यानमा राखी संस्थाले यस्तो
सहयोग गरिआएको हो । स्वास्थ्य मानिसको जीवनको अत्यन्त सम्वेदनशील पक्ष भएको हुँदा संस्थाले यस्ता मानवीय
सहयोगलाई भविष्यमा पनि निरन्तर जारी राख्ने लक्ष्य लिएको छ ।
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal