संस्थाले पिके टाप्टिङ क्षेत्रको धार्मिक तथा सांस्कृतिक परम्परा र सम्पदाहरुलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
यस सम्बन्धमा संस्थाले यस क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको सम्पदाको रुपमा रहेको सानो ठुलो १६ वटा माने
पर्खालहरुको जिर्णोद्धार तथा पुननिर्माण गरेर एक उधरणिय काम गरेको छ । त्यस्ता महत्वपूर्ण सम्पदा तथा संरचनाहरु
विगतमा भुकम्प तथा अन्य कारणले जीर्ण हुन पुगेका थिए । संस्थाको अगुवाइमा त्यस्ता अति महत्वपूर्ण सम्पदा निर्माण गरी
पहिलोको जस्तै रुपमा प्रतिस्थापन समेत गरेको छ । त्यस्ता धार्मिक तथा साँस्कृतिक वस्तुहरु पर्यटकको लागि आकर्षणको केन्द्र
हुने भएकोले आगामी दिनमा पनि त्यस्ता पुन निर्माण, संरक्षण वा जागरणमुलक कार्यक्रमहरु गर्ने संस्थाले लक्ष्य लिएको छ ।
सस्थाले स्थानिय संस्कार, सस्कृतिलाई जोगाउन बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यस्ता कार्यक्रमलाई भविष्यमा पनि
निरन्तर जारी राखिने छ।
संस्थाले गर्ने भौतिक तथा रचनात्मक सरसहयोगको लागि स्थानीयहरुलाई सहभागि गराउने र त्यसको प्रतिफल भविष्यको
पुस्तासम्म पुगोस भन्ने दिर्घकालिन लक्ष्य लिएको छ । यस्ता कार्यहरु गर्दाखेरी स्थानीय क्लब, गुम्बा, समूह, स्थानीय सरकारका
वडा वा पालिका, सम्बन्धित विषयको विज्ञ व्यक्ति तथा आम सर्वसाधारण सबैसंग सहकार्य गर्ने संस्थाका नीति रहेको छ ।
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal