यस संस्थाले दैविप्रकोप जस्ता आकस्मिक विपत्तीमा परेको तथा असहायहरुलाई सकेको अर्थिक र भौकित सहयोग गर्दै आएको छ । विश्वव्यापी रुपमा फैलिई नेपालमा पनि महामारीको रुपमा फैलिएको कोभिड—१९ को कठिन समयमा संस्थाले टाप्टिङ क्षेत्रको सम्पूर्ण स्थानीय वासिन्दाहरुलाई सेनिटाइजर, साबुन र सुरक्षा मास्क वितारण गर्नुको साथै स्थानिय स्वास्थ चौकी र अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई चाहिने अत्यावस्यक पिपिइ सुट, अक्सिजन, ब्रेथएनलाइजार, अक्सिमिटर, पञ्जा तथा औषधीहरु सहयोग गरेको थियो । भविष्यमा पनि भैपरी आउने दैविप्रकोप र आकस्मिक विपत्तीमा मानवीय सहयोगलाई निरन्तरता दिइने संस्थाको लक्ष्य रहेको छ ।
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal