पिके पिक क्षेत्र विशेष गरी पदयात्रामा जाने वाह्य र अन्तरिक पर्यटकहरुको लागी प्रख्यात हुँदै गएको छ । पर्यटकहरु आउनेक्रम बढे संगै यस संस्थाले स्थानीय लज सञ्चालकहरुलाई भाषाको तालिम दिने, कुक तालिम दिने तथा स्थानीय ट्रकिङ सहायक स्टाफ तथा गाइडहरुलाई पनि दक्षता अभिबृद्धीको लागि तालिम दिने गरेको छ । पर्यटकहरुको सहजताको लागि बाटो र गाँउ तथा पर्यटकीय आकार्षण भएका ठाँउहरुको पहिचानको लागि साइन बोर्डहरु राख्ने र पिके पिक ट्रेकिङ्ग प्रवद्र्धनअभियान २०१९ मार्फत २९ जना स्वादेशी तथा विदेशी पर्यटकहरु पिके पिक क्षेत्रको भ्रामण गराई पर्यटन प्रवर्धनमा सस्थाले अहम् भूमिका खेलिरहेका छ । पर्यटन प्रवर्धनको लागी यस्ता अर्थपूर्ण कार्यहरुलाई आगामी दिनमा थप निरन्तरता दिने लक्ष्य यस संस्थाले लिएको छ ।
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal