अपत्कालिन कोष स्थापना
Post Date: 14 Sep 2021
कोरोना कहरको दोस्रो लहरको कारणले सोलुदुधकुण्ड नगरपालिका वडा न १० टाप्टिङको गाउ टोललाई आक्रन्त बनाउन थाले पछि, पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाले त्यहाँका गाउलेहरुलाई कोरोना संक्रमन रोकथाम र संक्रमितहरुलाई गाउन सहयोग गर्ने हेतुले सस्थाको कार्यसमिति सदश्यहरुको सक्रियतामा स्वस्थ्य सामाग्री, औसाधी र अन्य सामानहरु किनेर पठाउन मिति २०७८- जेठ-१३ गते बाट अर्थिक सहयोग संकलन शुरु गरिएको थियो । सो अर्थिक सहयोग संकलन अभियानबाट जम्मा रु १२४९०११ (बह्रा लाख, उन्नापचास हजार, एघरा रुपैया) संकलन गरेको र त्यो रकमबाट स्वस्थ्य सामाग्री, औसाधी र अक्सिजन खरिद, ढुवानी र अन्य खर्च जम्मा रु ७९८४०० (सात लाख, अण्ठानब्ये हजार, चार सय रुपैया) भएको र बाकी रहेको रकम सस्थाको सल्हाकारहरु र सदश्यहरुको सुझाब आनुसार र मिति २०७८- असार-५ गते कार्यसमिति सदश्यहरुको बैटकले आपत्कालिन कोष स्थापना गर्ने निर्णय भए आनुसार बाकी जम्मा रु ४५०६११ (चार लाख पचास हजार, छ सय, एघरा रुपैया )र सस्थाले रु २००,००० (दुई लाख) थप गरी जम्मा रु ६५०६११ (छ लाख, पचास हजार, छ सय, एघरा रुपैया ) को आपत्कालिन कोष मिति २०७८-०५-०४ गते स्थापना भएको र मिति २०७८-०५-१९ गते सस्थाको वार्षिक साधरणसभाबाट आनुमोदन गरिएको छ। अपत्कालिन कोष सन्चालन कार्यविधि
- अपत्कालिन कोषको संचालन यसै सस्थाको कार्यसमिति सदश्यहरुबाट हुने र अपत्कालिन सहयोगको लागी बैठक बस्ता कम्तिमा कार्यसमितिको बहुमत सदस्यहरुको उपस्थितिमा छलफल गरि निर्णयहरु गर्नु पर्ने र सम्पूर्ण कार्यसमिति सदश्यहरुलाई पनि अनिबार्य जानकारी गराउनु पर्ने छ।
- 2. सोलुदुधकुण्ड नगरपालिका वडा न १० टाप्टिङ क्षेत्र भित्र भै परि आउने कुनै पनि दुर्घटना भै तत्काल अर्थिक तथा भौतिक सहायोग गर्नु पर्ने भएमा, कार्यसमितिको बैठक बसी सहायोग गर्न पाउने।
- सस्थाको सदश्य वा सदश्यको परिवारको कुनै पनि सदश्य दुर्घटनामा परि तत्कालको लागी अर्थिक सहयोग माग भएमा कार्यसमितिबाट चुनिएका गाउ संयोजक सदश्यले घटनाको बारेमा सत्य तत्थ्य बुझी, अर्थिक वा भौतिक सहायोग गर्नु पर्ने देखिएमा सहायोग गर्न पाउने।
- प्राकृतिक प्रकोप वा कोरोना कहर जस्तै कुनै महामारीको कारणले टाप्टिङ क्षेत्र भित्र हुने कुनै पनि समस्य पारेमा र अर्थिक र सामग्री सहायोग गर्नु पर्ने देखिएमा खर्च गर्न पाउने।
- अर्थिक वा भौतिक जुनसुकै सहयोग उपलाब्द्ध गर्नु पर्ने भए पनि कार्यसमितिमा छलफल र निर्णय गराएर मात्र सहायोग दिन पाउने। साथै कार्यसमितिले कोषको हर हिसाब राख्न छुट्टै रजिस्टार कपीमा खाता बनाई आय ब्याय चुस्ता दुरुस्त राख्नु पर्ने र वार्षिक अडिट गर्नु भन्दा अगडी सम्पुर्ण हिसाब किताब कार्यसमितिलाई जानकारी गर्नु पर्ने छ।
- अपत्कालिन कोषमा रकम निरन्तर वृद्धि गर्ने कार्यसमिति सदश्यहरुले अपत्कालिन कोषमा रकम वृद्धि गर्नको लागी सस्थाको सदश्यहरु, सङ्घ सस्थाहरु र अन्य महानुभाबसँग नगद सहायोगको लागी निरन्तर पहाल गर्ने र यो आर्थिक वर्ष २०७८/७९ भित्र कम्तिमा १० लाख रुपैया कोषमा जम्मा गर्ने । साथै सस्थाको वार्षिक अम्दानीको २० % रकम अपत्कालिन कोषमा जम्मा गर्ने।
Back to Main Page
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal