टाप्टिङ्गमा स्वस्थ्य सामाग्री सहयोग

कोरोना कहरको दोस्रो लहरको कारणले सोलुदुधकुण्ड नगरपालिका वडा न १० टाप्टिङको गाउ टोललाई आक्रन्त बनाउन थाले पछि, पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाले त्यहाँका गाउलेहरुलाई कोरोना संक्रमन रोकथाम र संक्रमितहरुलाई जोगाउन सहयोग गर्ने हेतुले सस्थाको कार्यसमिति सदश्यहरुको सक्रियतामा स्वस्थ्य सामाग्री, औसाधी र अन्य सामानहरु किनेर पठाउन मिति २०७८- जेठ-१३ गते बाट अर्थिक सहयोग संकलन शुरु गरिएको थियो । सो अर्थिक सहयोग संकलन अभियानको क्रममा सस्थाले सस्था कै सदश्यहरु र अन्य बि-भिन्न महानुभाबहरुबाट जम्मा रु १२४९०११ (बह्रा लाख, उन्नापचास हजार, एघरा रुपैया) संकलन गरेको र त्यो रकमबाट जम्मा रु ७९८४०० (सात लाख, अण्ठानब्ये हजार, चार सय रुपैया) बाराबारको स्वास्थ्य सामाग्री, औसधी र अक्सिजन लगाएत ब्यावस्था गरी सोलुदुधकुण्ड नगरपालिका वडा न १० टाप्टिङ पठाउन सफल भएको थियो ।

कुनै पनि ठुलो विदेशी सस्थांको सहायोग बिना, कुनै विदेशीहरुको अगाडी हात पसारे बिना, यति छोटो समयमा, यति ठुलो सहयोग जम्मा गर्नु चनचुने कुरा थिएन र छैन । सस्थांले सुरु गरेको अभियानमा सस्थांको सदश्य ज्युहरुको सहयोगि मन र हातहरु कै कारण हाम्रो अभियान सफल भएको थियो । त्यो बिसम परिस्थितिमा हामी सस्था कै सदश्यहरु पिडामा थियौ । झण्डै दुई वर्ष हुन लाग्यो हामीहरु धेरैले काम गर्न नपाएको । पर्यटन क्षेत्र लगभग पुरै ठप्प छ । सिजनमा ट्रेकिङ्ग र ऐक्सपिडिशन गएर आफ्नो पेट पालिरहेका हामीहरु, गएको दुई वर्ष त्यतिकै बसिरहेका छौ । न हामीलाई कसैले सहयोग गरेको छ, न सरकारले नै । तै पनि कोरोनाको दोस्रो लहरमा आफनै गाउँ नराम्री प्रभबित भएको अवस्थमा आफ्नो गाँस काटेर, आफ्नो परिवार, आफन्त र सम्पुर्ण गाउलेहरुलाई जोगाउन सहयोग गर्नु भएको छ ।

यो अभियानमा साथ सहयोग गर्नु हुने सम्पुर्ण सदश्य ज्युहरु विषेश गरि काठमाडौ र विदेशमा रहनु हुनेहरुलाई सस्थांको तर्फबाट हार्दिक कृतक्ज्ञात ब्याक्ता गर्दा छौ । यो कार्य सफल हुनुमा हामी सबै सदश्यहरुले गौरव मान्नु पर्छ । हामीले अबका दिनहरुमा पनि यसरी नै एक जुड भै आउने समश्यसङ्ग डाटेर लड्नु पर्छ । फेरि पनि हाम्रो अभियनलाई सहयोग गर्नु हुने सम्पुर्ण सदश्य ज्युहरु र अन्य महानुभबहरु सबैलाई सस्थांको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहान्छौ ।

 लेखक: अम्बर तामाङ (साइला)

Back to Main Page