यश पिके सोलुखुम्बु टाप्टिङ्ग समाज सेवाको १३ औ साधारण सभा सस्थाको अध्यक्ष श्री दावा शेर्पाको अध्यक्षतमा र सोलु दुधकुण्ड न. पा. वडा नः १० का वडा अध्यक्ष श्री मिङमार छिरी शेर्पाको प्रमुख अथित्यामा बहुमत सदस्यहरुको उपस्थितिमा मिति २०७६-५-१४ गते शेर्पा पार्टी प्यालेस जोरपाटीमा बसि, विभिन्न प्रस्तावहरुमा छलफल गरि, सर्बसम्मातले निर्णय गर्दै भब्य रुपले सम्पन्न भयो।
त्येही साधारण सभाले सोलुदुधकुण्ड न. पा. वडा नः १० धिमेल निवासी श्री फुर्बा शेर्पाको एपेन्डिक्सको पटक पटक अपेरेशन गर्नु पारेको र उहाँको मुटुको पनि समश्य रहेको र अर्थिक रुप्ले पनि कमजोर भएको हुन्दा सस्थामा सहायोगको लागी पत्र आए आनुसार सस्थाले उहाँको उपाचारको लागी रु २५,००० सहायोग सोरुप प्रदान गरियो।
त्येसै गरी सोलुदुधकुण्ड न पा-१० टाप्टिङ निवासी श्री लाक्पा शेर्पा बिगद केहि वर्षदेखि मृगौला पिडित भएको र हाल उपाचारको क्रम रहेको अवस्थमा महाङ्गो उपाचार खर्च र मृगौला कै करण मुटुको पनि समश्य देखा परेको हुन्दा सस्थामा सहायोगको लागी पत्र आए आनुसार सस्थाले उहाँको उपाचारको लागी सस्थाको तर्फाबाट रु २५,००० र सस्थाले चन्दा सङ्कलन गरि रु १३३,२७५ सहायोग सोरुप प्रदान गरियो।
त्येस १३ औं साधारण सभाले हाम्रो सस्थाका सदश्यज्युहरुको ३ जना बाल बच्चाहरुलाई २०७६ सालको एस. ई. ई. परिक्षामा उत्क्रिष्टा ३.७५ जि. पि. ए. ल्याउन सफल बिद्यार्थीहरुलाई प्रोसहान गर्नको लागी नगद पुरुस्कार प्रदान गरिएको थियो ।
हाम्रो समाजलाई बिषेश योगदान पुर्याउनु हुने दुई जना ब्याक्तित्वहरु श्री भलाकाजी शेर्पा ज्यु र श्री पेम दोर्जी शेर्पा ज्युलाई, उहाँहरुले समाजको लागी गर्नु भएको योगदानको उच्चा मुल्याङ्कन गर्दै, सस्थाले बिषेश सम्मान पत्र प्रदान गरिएको थियो। साथै आगामी दिनहरुमा यहाँको सु-स्वास्थ्य, दिर्घयु तथा उत्तरोउत्तर प्रगतिको शुभ कामना ब्याक्ता गरियो।
छलफल र पारित भएको विषयहरु
१. सभाले निरन्तर रुपले गाउँबाट काठमाडौ आई बस्नु हुने हाम्रो गाउँलेहरुलाई सदस्य बन्न प्रेरित गर्ने।
२. पुराना र नयाँ सदस्यहरुको विबारण ब्याबस्थित गरि रेकर्ड राख्ने।
३. पिके एरियालाई ब्यास्थित पर्यटकीय छेत्रा बनाउन धापदेखी पिके डाडासम्मा सबैले बुच्ने गरि साईनबोर्ड राख्ने।
४. पर्यटन प्रवर्द्धनको लागी सस्थाको आगुवाईमा धापबाट सुरु गरि पिके डाडा हुन्दै सोलु सल्लेरी सम्मा ट्रेकिङ जाने।
५. अघिल्लो वर्षहरुमा जस्तै आउने वर्ष पनि विभिन्न चाड पर्वहरु सस्थाको आघुवाईमा सामुहिक मनाउने ।
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal