स पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको १६ औ साधारण सभा र अधिवेशन शेर्पा पार्टि प्यालेस चामुण्ड मन्दिर-४ जोरपाटि, काठ्माण्डौमा अध्यक्ष श्री दावा शेर्पा ज्युको सभापतित्तोमा प्रमुख अथिती सोलुदिधकुण्ड न. पा. का प्रमुख नाम्गेल जाङबु शेर्पा ज्युको आथित्यमा विषेश अथिती, अथिती ज्युहरु, बि भिन्न सङ्ग संस्थाका प्रतिनिधि ज्युहरु, संस्थाका सल्हाकार सदस्य ज्युहरु र समपुर्ण सदश्य ज्युहरुको उपस्थितिमा भव्यरुपमा सम्पन्न भएको छ। साधारण सभामा संस्थाका महासचिवले वार्षिक प्रतिवेदन र कोष अध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। सो वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदनको साथ साथै बि विभिन्न भाबी कार्ययोजनाको बारेमा छलफल गरि सर्वसम्मतले पारित गरिएको थियो। प्रमुख अथिति नाम्गेल जाङबु शेर्पा लगाएत विभिन्न व्याक्तित्योहरुले संस्थाले अहिलेसम्म गरेको सामाजिक काम र प्रगतीको बारेमा लामै चर्चा गर्नु भएको थियो भने भाबी दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन र अझ संस्थाले गर्ने सामाजिक कार्यको दायर फराकिलो बनाउन सल्हा सुझाब दिनुभयो।
साधारण सभा र अधिवेशनको पहिलो सत्रको अन्त्यमा वार्तामान अध्यक्ष श्री दावा शेर्पा ज्युले आफ्नो कार्यकालमा भएका कामहरुको बारेमा चर्चा गर्नु हुँदै आफ्नो कार्यकालमा सहायोग गर्नु सम्पूर्णलाई धन्यवाद दिनु भयो भने कार्यक्रममा उपस्थित भै साधारण सभा भव्य र सव्य बनाइदिनु भएकोमा सम्पुर्णलाई धन्यवाद दिनु हुँदै वार्तामान कार्यसमिति विगठन भएको घोषण गर्नु भयो। साधारण सभा र अधिवेशनको दोस्रो सत्रमा संस्थाका सल्हाकार सदश्य ज्युहरु, सस्थापक ज्युहरु र अन्य समाजका गन्ने मान्ने ब्याक्तिव्योहरुको छलफलबाट छानिएका १५ जना नयाँ कार्यसमिति सदश्यहरुको नाम सभामा राखेको र उपस्थित सम्पुर्ण संस्थाका सदश्याहरुले सर्वसमत निर्णयबाट श्री ङावाङ फुरी शेर्पाको अध्यक्षतामा आउने २ वर्षको लागी १५ जनाको नयाँ कार्यसमिति गठान भै सफलता पुर्वक कार्यक्रम सम्पन्न भयो।
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal