पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाकाठमाडौंको १७औंवार्षिक साधारण सभामिति २०८० भदौ ४ गते सोमबारका दिनमिताहारा रेष्टुरेन्ट, रामहिटी, काठमाडौंमाअध्यक्षश्री ङवाङ फुरी शेर्पाज्यूको अध्यक्षतामा संस्थाका सल्लाहकार सदस्यज्यूहरु, समाजकागन्यमान्यविभिन्नव्यक्तित्वहरु र संस्थाका सदस्यहरुको उपस्थितिमाभव्यताका साथ सम्पन्नभएको छ । साधारणसभामा संस्थाकामहासचिवले वार्षिकप्रगतिप्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुतगर्नु भएको थियो । उक्तवार्षिकप्रगतिप्रतिवेदन,आर्थिक प्रतिवेदनकासाथसाथै अन्यविभिन्नविषय र भावीकार्ययोजनाहरुको बारेमाव्यापकछलफलगरि सर्वसम्मतले पारित गरेको थियो । सभामाउपस्थितअतिथिहरुले राख्नु भएको मन्तव्य र छलफलको क्रममासंस्थाले हालसम्म गरेकाविभिन्न सामाजिककार्यहरु र प्रगतिको बारेमालामो चर्चा गर्दै प्रशंसासमेतगर्नुभएको थियो भने भावीदिनहरुमापनि सामाजिककार्यलाई निरन्तरतादिन र अझ संस्थाले गर्ने सामाजिककार्यको दायरा फराकिलो बनाउन सल्लाह सुझाव समेतदिनुभयो।
यस पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाकाठमाडौंको विशेष अगुवाइ र सोलुदुधकुण्डनगरपालिकावडा नं. १० को समन्वयमापिके पिक, टाप्टिङकोपर्यटकीय क्षेत्र भित्र रहेका १६ वटा पुरानोभत्किएकामाने पर्खालहरु मध्ये गतअर्थिक वर्ष २०७९÷०८० मापहिलो चरणमाफोक्टे डाँडा (स्थानीयहरुले लाटीको पसलभन्ने ठाउँ) र टाढापानीडाँडाको दुई वटामाने पुनःनिर्माणकार्य सम्पन्न गरेको छ ।दोस्रो चरणमा साम्सिङ्गभन्ज्याङको सबैभन्दालामो (५३८ फिट)माने, साथै साम्सिङ्गभन्ज्याङकै पिके बेस क्याम्पजाने उकालोमाअवस्थितदुइटामानेहरु (एउटालामो र एउटाचारपाटे) को पुनःनिर्माणतथामर्मतसम्भारकार्य सम्पन्नगर्नुका साथै पदयात्रीहरुबिसाउनकालागिएउटानयाँचौतारा समेतनिर्माणगरिएको छ।
साधारण सभामापुरानोभत्केको माने पर्खाल पुनःनिर्माणतथामर्मतसम्भार कार्यको लागिचाहिने खर्च जुटाउनकार्यसमिति सदस्यहरुलाई गाउँ संयोजकतोकीउहाँहरु मार्फत र अन्यकार्यसमिति सदस्यहरुले एकल रसमूहबनाइटाप्टिङ क्षेत्रकै देश–विदेशमाबसोबास गर्नुहुने महानुभावहरु र अन्यथुप्रैमहानुभावहरुबाटअर्थिक सहयोग संकलनगरिएकोबारे विस्तृतजानकारी गराइएको थियो।
साथै,तीपुनःनिर्माणतथामर्मत सम्भार गरिएका साम्सिङ्गभन्ज्याङको मानेहरुको प्राणप्रतिष्ठा (ह्राप्ने) किल्खोरदिङ सङ्दोपलरी गुम्बाकाप्रमुखलामा रिन्पोछेज्यूद्वारा मिति २०८० साल जेष्ठ२२ गतेका दिनसम्पन्नगर्नुभएको थियोभने फोक्टे डाँडा (लाटीको पसल) र टाढापानीडाँडाको दुई वटामानेहरुको प्राणप्रतिष्ठा (ह्राप्ने) श्रद्धेय धर्मगुरु खेन्पो नाम्खाज्यूद्वारा मिति २०८०–०२–२४ गते गर्नुभएकोथियो।
संस्थाकामहासचिवको पहलमाकाठमाडौं स्थितपर्यटनतथावातावरण सम्बन्धीक्रियाशील संस्थाकाठमान्डु इन्भाइरोन्मेन्टलएजुकेसन प्रोजेक्ट (किप) र सोलुदुधकुण्डनगरपालिकावडा नं. १० सँगको सहकार्यमाटाप्टिङ क्षेत्रमा सञ्चालनमा रहेका स्थानीयलजतथाहोटेल व्यवसायीहरुकोक्षमताअभिवृद्धिकालागि १५ दिने (४५ घण्टा) अंग्रेजीभाषातालिमटाप्टिङमा सञ्चालनगरिएको थियो । उक्ततालिमबाटटाप्टिङक्षेत्रकास्थानीयव्यवसायीहरुलाभान्वितभएकाछन्।
संस्थाले गतआ.व.माआर्थिक रुपमाकमजोर संस्थाका सदस्य र सदस्यको परिवारको सदस्य बिरामीभइअस्पतालभर्ना हुँदाखर्चको अभावलेउपचारमाकठिनाइभएका ३ जना बिरामीलाई आर्थिक सहयोग गर्नुका साथै संस्थामा सदस्यनभएपनिहाम्रो गाउँको भएको कारणलेकार्यसमिति सदस्यहरु र अन्यकेहीमहानुभावहरुबाटचन्दा संकलन गरी एकजना बिरामीलाई सहयोग गरिएकोजानकारी गराएको थियो।
सभामा संस्थाकामहासचिवअम्बर बहादुर तामाङले संस्थाले नियमितगर्नुपर्ने कार्यहरु जस्तै सदस्यतानवीकरण, नयाँ सदस्यतावितरण, आर्थिक सहयोग संकलन, सदस्यवा सदस्यहरुको परिवारको सदस्य बिरामीहुँदागर्नुपर्ने आर्थिक सहयोग वा खेल्नुपर्ने भूमिकानिरन्तर जारी रहेको र संस्थाको नवीकरणलगायत सम्पूर्ण डकुमेन्टहरु अद्यावधिक रहेको, संस्थाले विगत केहीवर्षदेखि संस्थाको सदस्यहरुकालागि र समाजकालागि केहीमहत्वपूर्ण कार्यहरु गरिरहेको र संस्थाको आन्तरिक व्यवस्थापननिकै चुस्त र व्यवस्थित रहेको जानकारी गराइएको थियो।
संस्थालेमाने पुनःनिर्माणतथामर्मत सम्भार कार्यमा देश तथाविदेशबाटआर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीमनहरूप्रतिपिके सोलुखुम्बु टाप्टिङ समाज सेवा र सभामाउपस्थित सम्पूर्ण महानुभावहरुलाईहार्दिक धन्यवादतथाआभार प्रकटगर्नु भएको थियो। साथै,पुनःनिर्माणतथामर्मत सम्भार कार्य सम्पन्नगर्न खटिनुहुने सम्पूर्ण मजदुरहरु र स्थानीयस्तरमापुनःनिर्माणतथामर्मत सम्भारको लागिव्यवस्थापनको प्रमुखजिम्मेवारी बहनगर्नुहुने दिमेलबाटआङबाबु शेर्पा र च्याङबाबाटल्हाक्पा शेर्पाज्यूलाई पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा र सभामाउपस्थित सम्पूर्ण महानुभावहरुले हार्दिक धन्यवाददिनुभयो। पूजामापाल्नुहुने श्रद्धेयधर्मगुरु रिन्पोछेज्यूहरु र लामा गुरुज्यूहरुलाई हृदयदेखि नै हार्दिक धन्यवादव्यक्तगर्नुका साथै उहाँहरुप्रतिहार्दिक नमनअर्पणगर्नु भएको थियो।
अन्त्यमा, संस्थाकाअध्यक्षश्री ङवाङ फुरी शेर्पाज्यूले आफ्नो भनाईहरुका साथै साधारणसभालाई सभ्य र भव्य रुपमा सम्पन्नगर्न र सल्लाह सुझावदिनउपस्थितहुनुभएका सम्पूर्णलाई धन्यवाददिनु हुँदै कार्यक्रम समापनगर्नु भयो।
लेखक: अम्बर तामाङ (साइला)
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal