काठमाण्डौं स्थित पर्यटन तथा वातावरण सम्बन्धि क्रियाशील संस्था काठमाडौं इन्भाइरोन्मेन्टल एज्युकेशन प्रोजेक्ट (किप) द्वारा यस पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा र सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० संगको सहकार्यमा ट्रेकिङमा आवद्ध गाइड, सहायक गाइड तथा स्थानीय लज सञ्चालकहरुको लागि आउटडोर लिडरसिप र स्थानीय लज सञ्चालक तथा कुकहरुलाई कुक तथा सरसफाई सम्बन्धि तीनदिने तालिम हालै सम्पन्न गरेको छ ।
यही असार ११ देखि १३ (जुन २५ देखि २७) सम्म सञ्चालन भएको उक्त तालिमको कुक तथा सरसफाई सम्बन्धि तालिम सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० को झाप्रे हिमालयन लामा होम स्टेमा र आउटडोर लिडरसिपको तालिम वडावासीकै सामुदायिक संस्था सुनाखरी संस्थाको सामुदायिक भवनको हलमा सम्पन्न भएको थियो । आउटडोर लिडरसिप तालिका २८ जना सहभागिहरुलाई आयोजक संस्था किप, काठमाडौंका आउटडोर लिडरशिपका प्रशिक्षकद्वय अमित खड्का र सुनिल गुरुङ र स्थानीय श्रोत व्यक्तिको रुपमा अम्बर तामाङ (मिङ्मार) ले विभिन्न विषयमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षक तथा अतिथीहरुलाई आवश्यक सहजकर्ताको रुपमा संस्थाका कोााध्यक्ष ङवाङ फुरी शेर्पाले सहयोग गर्नु भएको थिायो । कुक तथा हाइजिन तर्फका २३ जना सहभागिहरुलाई कुक तथा प्रशिक्षक पासाङ तामाङ काजी र यस संस्थाका महासचिव अम्बर तामाङले प्रशिक्षण दिएका थिए ।
तालिमको अन्तमा सहभागि प्रशिक्षक, तथा सहयोगि संस्था तथा व्यक्तित्वहरुलाई सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले प्रशंसा-पत्र र सोलुदुधकुण्ड नगरपालिक वडा नं १० का वडा अध्यक्ष होम मगर, किप काठमाडौंका म्यानेजर तारा जोशी तथा कुक तालिमका प्रायोजक कम्पनीका प्रबन्धक मिङ्मार शेर्पा लगायतका विशिष्ट व्यक्तिहरुले सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण—पत्र प्रदान गरेका थिए ।
लेखक: अम्बर तामाङ (साइला)
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal