टाप्टिङ गाउँ

नेपालको राजधानी काठमाडौबाट पूर्वउत्तरी भेगमा अवस्थित हिमाली जिल्ला सोलुखुम्बुको दक्षिणी भेगमा पर्ने सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. १० मा अवस्थित सानो गाउँ हो, टाप्टिङ । पहिलाको एउटा गाउँ विकास समिति, अहिलेको नयाँ संरचना अनुसार नगरपालिकाको एउटा वडा टाप्टिङ, जिल्ला र नगरपालिकाकै दुर्गम ठाउँहरु मध्ये एक हो ।

टाप्टिङ भौगोलिक हिसाबले निकै विकट गाउँ भए पनि प्राकृतिक र साँस्कृतिक हिसाबले निकै धनी र सुन्दर छ । यहाँ शेर्पा, तामाङ, मगर, नेवार, क्षेत्री र विश्वकर्माहरुको बसोबास रहेको छ । यहाँको प्रमुख जनजाति शेर्पा र तामाङ भएकाले अधिकांश गाउँलेहरु बौद्धमार्गी छन् भने पछिल्लो समय मगरहरुले पनि बौद्ध धर्म मान्न थालेको देखिन्छ । टाप्टिङ क्षेत्रमा पुरातात्विक महत्वको सयौ वर्ष पुराना गुम्बा, बौद्ध (छ्योर्तेन) र माने पर्खालहरु धेरै छन् । ती धेरै गुम्बा, बौद्ध र माने पर्खालको निर्माण गरेको यकिन मिति र कसले बनाएको हो भन्ने इतिहास नभए ता पनि बुढापाखाहरुको भनाई अनुसार धेरैजसो गुम्बा, बौद्ध र माने पर्खालहरु २०० वर्ष भन्दा पुरानो भएको दाबी उहाँहरुको छ । ती पुराना पुरातात्विक महत्वको गुम्बा र बौद्धहरु २०७२ बैशाख १२
गतेको महाभूकम्पले क्षति पुर्याएको थियो ।

ती जिर्ण र क्षेति ग्रस्त पुराना धर्मिक महात्तो सम्पदाहरु मध्ये पिवmे सोलुखुम्बु टाप्टिङ समाज सेवाको नेतृत्वमा सस्थाको सदस्यहरु, वडा नम्बर १० टाप्टिङका स्थानीयहरु लगायत देशविदेशमा बस्नु हुने धेरै मनकारी ब्याक्तित्वहरु, स्थानिय संघ सस्थाहरुको अर्थिक सहयोगको साथै उपभोक्ता समूह मर्पmत सोलुदुधवmुण्ड नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँ र नेपाल मगर बुद्ध सेवा समाज टाप्टिङ्गको सहयोगमा फोक्टे डांडादेखि सम्सिङ्ग भनझ्याङ्गसम्म पर्ने १८ वटा धार्मिक तथा ऐतिहासिक माने पर्खालहरु पुननिर्मण तथा मर्मत सम्भार गरेका छन् भने बाँकी गाउँमै रहेका त्यस्ता पुराना धर्मिक महत्तोको सम्पदाहरु गाउँलेहरुवैm सक्रियतामा चन्दा संकलन गरि पुनः निर्माण गरिसकेका छन् । नयाँ गुम्बा र बौद्धहरु बनिरहेको र यी सबै संरचनाहरु धार्मिक र साँस्कृतिक रुपले मात्र नभइ पर्यटकीय आर्कषणको केन्द्र भएकाले निकै महत्वपूर्ण मानिन्छ ।

सोलुदुधकुण्ड नगरपालिकाको ११ वटा वडाहरु मध्ये टाप्टिङ्ग वडा नं. १० मा पर्दछ । यो वडा भित्रको ९ वटा गाउँहरु मध्ये चैलुङ्ग र फतान्जेमा मगरहरुको बसोबास रहेको छ । च्याङ्बा, खाम्दिङ्ग, लुम्सा र धिमेल शेर्पाहरुको मुख्य बसोबास थलो हो भने केही घरधुरी शेर्पाहरु जुकेमा पनि बसोबास गर्दछन् । जुके, ढिकुरे, बाल्दिङ्ग (टाप्टिङको केही भाग) तामाङ्गहरुको मुख्यबसोबास गर्ने थलो हो भने केही घरधुरी तामाङ्गहरु लुम्सा र खाम्दिङमा पनि बसोबास गर्दछन् । यी गाउँहरुमा केही घरधुरी क्षेत्री, विश्वकर्मा र नेवारहरुको पनि रहेको छ । यस क्षेत्रमा थुप्रै जातिहरु बस्ने भएकाले साँस्कृतिक रुपले पनि विविधता पाइन्छ ।

यहाँको प्रमुख पेशा कृषि र पयर्टन नै हो, तर आज भोलि वैदेशिक रोजगारीमा जानेहरु पनि धेरै छन् । यहाँ नगदे बालीमा मकै, गहुँ, आलु र फापर प्रशस्तै फल्छ भने स्याउ, आरु, आल्चा आदि जस्ता फलफूल पनि पर्याप्त मात्रामा उब्जाउ हुन्छ । आजभोलि किवी, लहरे स्याउ र माछा पालन पनि गर्ने गरेको पाइन्छ । बिस्तारै यहाँ उब्जाउ हुने अन्न बाली र फलफूलले बजार पाउन शुरु गरेको छ । विशेषगरि आलु, लेकाली सिमी, लसुन, फल्गी मकै र टिम्बुरको माग राम्रो छ । चौरी, गाई र बाख्रा पालन पनि राम्रो छ । घिउको उत्पादन पहिला देखि नै थियो भने आजभोलि छुर्पीको पनि उत्पादन बढेको छ । बजारमा स्थानीय उत्पादनहरुको माग बढिरहेको छ ।

पिके पिक (४०६५ मिटर), सोलुखुम्बु जिल्लाको तलो भेगमा पर्ने मुख्य पर्यटकीय गन्तव्य हो र यो पनि टाप्टिङ क्षेत्रसँगै जोडिएको हुनाले गएको केही वर्ष देखि यस क्षेत्रमा विदेशी र स्वदेशी पर्यटकहरुको चहलपहल निकै बढिरहेको छ । ठाउँ ठाउँमा होटेल लजहरु खुलिरहेको छ । पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा संस्थाले त्यस क्षेत्रको प्रचार–प्रसारको लागि केही समय अघि मात्रै पिके ट्रेकिङ्ग प्रर्वद्धन अभियान–२०१९ सञ्चालन गरेको थियो भने त्यही सिलसिलामा धाप देखि पिके बेस क्याम्पसम्म बाटोको चिन्ह पनि राखेको थियो । साथै, संस्थाले त्यस अभियानको डकुमेन्ट्री बनाई प्रचार–प्रसार समेत गरेको थियो । सो अभियान र डकुमेन्ट्रीको कारण पनि त्यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा राम्रै सहयोग पुगेको छ । यस क्षेत्रबाट पूर्वमा कञ्चनजंगा देखि पश्चिममा अन्नपूर्णसम्मको हिमशृंखला अवलोकन गर्न सकिन्छ भने विश्वको छ वटा अग्ला हिमालहरु सगरमाथा, कञ्चनजंगा, लोत्से, मकालु, मनास्लु र अन्नपुर्ण समेत सजिलै देख्न सकिन्छ ।

                                                                                                                                                                                                                                                                                         लेखक: अम्बर तामाङ (साइला)